१८३ रनको लक्ष्य धनगढी ब्लुजद्वारा विराटनगर टाइटन्सलाई

१८३ रनको लक्ष्य धनगढी ब्लुजद्वारा विराटनगर टाइटन्सलाई

कात्तिक,११ काठमाडौं । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटअन्तर्गत भएको खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १८३ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा १८२ रन बनाएको हो । धनगढीका लागि पिटर ट्रेगोले अर्धशतकको योगदान गरे ।

३८ रनमा तेस्रो विकेट गुमाएको धनगढीको स्कोर दीपेन्द्र सिंह ऐरी र पिटर ट्रेगोले उकासे । ऐरीले २९ र ट्रेगोले ५३ रन योगदान गरे । ऐरी र ट्रेगोको साझेदारी ६० रनको थियो । पीपीएलमा अर्धशतक हान्ने ट्रेगो चौथो खेलाडी बने ।

धनगढीको शुरुआत खराब रह्यो । उसका ओपनरद्वय सन्दीप सुनार र डेन लरेन्स सस्तैमा गुमे । सुनार ९ र लरेन्स २ रनमा पेभेलियन फर्किएपछि दिलीप नाथ आए । तर उनी पनि चल्न सकेनन् । उनी ८ रनमा आउट भए ।

सौरभ खनालले ४१ रन जोडे । सन्दीप जोराले १२ र मन्जित श्रेष्ठले एक रन बनाए । बलिङतर्फ जितेन्द्र मुखियाले चार विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.