सिराहामा एक युवती बलत्कृत

सिराहामा एक युवती बलत्कृत

आलोक यादव

कार्तिक ११, सिराहा । सिराहास्थित लहान–२४, मलहनमाकी एक युवतीलाई बलात्कार गरी उखुवारीमा फालिएको अवस्थामा स्थानीयवासीले उद्धार गरेका छन् । दुर्गा मेला हेरेर साँझतीर साईकलमा घर फर्किरहेकी जानकी (नाम परिवर्तन) युवतीलाई तीन चार जना केटाले जर्बजस्ती करणी गरी उखुबारीमा फालेको फालिएको अवस्थामा स्थानीयहरुले फेला पारेका थिए । घटना कात्तिक २ गते दुर्गा मेला हेरेर घर फर्किरहेको अवस्थामा उनलाई बलात्कार गरिएको हो । बलात्कार भएको घटना सार्वजनिक नभएपछि केही दिन प्रहरी, पत्रकार र अधिकारकर्मी समेत अन्यौलमा परेका थिए ।
बलात्कृत युवतीको कात्तिक ३ गते बेलुका ५ बजेर ४५ मिनेटमा लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । घटनावारे खोजखबर जोरतोडले चलेपछि ईलाका प्रहरी कार्यालय लहानमा कात्तिक ९ गते उजुरी हालिएको छ ।
१९ बर्षीया अविवाहितलाई बलात्कार गरेको आरोपमा तीन जनामाथी उजुरी परेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए । बलात्कारीहरु फरार रहेको छ भने घटनामा राजनीतिक लेप समेत लाग्दै आएको अर्का एक स्रोतको दावी छ ।
अधिकारकर्मीहरु भन्छन् घटनाका मुल अपराधीलाई कडा कारवाही गर्नुपर्छ । तर, राजनीतिक वहानामा निर्दोषलाई फसाउँने काम कद्दापी न्यायोचित नहुने बताएका छन् । यस्तै, लहान अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा प्रहरीको ड्युटीमा कमजोरी भएको आरोप पनि स्थानीयहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.