सिन्धुलीगढी जिर्णोद्धार एवम् पुनर्निर्माण गुरुयोजना कमलामाई नगरलाई हस्तान्तरण

सिन्धुलीगढी जिर्णोद्धार एवम् पुनर्निर्माण गुरुयोजना कमलामाई नगरलाई हस्तान्तरण

उमा अधिकारी/सिन्धुली

कार्तिक ८, सिन्धुली । सिन्धुलीगढीको ऐतिहासिक गढीका संरचनाहरु पुनस्र्थापना गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजना गैरआवासीय नेपाली संघले हिजो कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रममा सिन्धुली जिल्लाका राजनितिक दल लगायतका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । यस्तै, गैरआवासीय नेपाली संघका अन्य पदाधिकारीहरु पनि सहभागि थिए । गुरु योजना सबै सम्बन्धित पक्षसंग छलफल गरी तिनको सहभागितामा तयार पारिएको हो । गुरु योजनाको स्वामित्व स्थानीय सरकारले लिने सहमति भएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खत्रीले गुरुयोजना तयार पार्न सहयोग गरेकोमा संघलाई धन्यवाद दिद भविष्यमा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघ वीच समन्वय र सहयोग भईरहनु पर्ने र गुरुयोजना कार्यान्वयनमा पनि मिलेर काम गर्नु पर्ने धारणा राखे । संघका अध्यक्ष भवन भट्टले पनि सिन्धुली गढीलाई एक पर्यटकीय स्थलको रुपमा विकासका लागि सहयोग गर्न संघ सदैव तत्पर रहेको बताए ।
सो गुरुयोजनामा सिन्धुली गढीको ऐतिहासिकता र मौलिकतालाई यथावत राख्ने गरी संरचनाहरु निर्माण गर्ने उल्लेख छ । गुरुयोजना तयार पार्ने क्रममा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघबीच निरन्तर समन्वय भएको र गुरुयोजना निर्माण गर्नको लागि गैरआवासीय नेपाली संघले आवश्यक पर्ने परामर्शदाता चयन गरी यस कार्यमा लाग्ने खर्चको व्यवस्थापन गरेको छ । गुरुयोजना आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्टको संयुक्त टोलीले तयार पारेको हो र यस टोलीको नेतृत्व आर्किटेक्ट डा. सञ्जय उप्रेतिले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.