भव्य चियापानको तयारीमा खटियो नेकपा

भव्य चियापानको तयारीमा खटियो नेकपा

कात्तिक ७, काठमाडौं । सत्ताको नेतृत्व सम्हालिरहेको नेकपाले आगामी शनिबार भव्य चियापान कार्यक्रमको तयारी गरिरहेको जनाएको छ । पूर्व एमाले र माओवादी केन्द्र एकता पछि विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा राजधानीको भृकुटीमण्डपमा हुने चियापानमा ५० हजार भन्दा बढिलाई निम्ता गरिएको छ । चियापान समारोह समितिका संयोजक तथा पार्टीका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराई जस्ता नेताहरु उक्त चियापानलाई विशेष बनाउन लागि परेका छन् । चियापान कार्यक्रमको समय दिउँसोको १२ बजेदेखि ५ बजेसम्म रहेको नेकपाले जनाएको छ ।

३०० भन्दा बढि स्वयमसेवकहरु परिचालित हुने उक्त चियापानमा राजनीतिक दलका नेता, नेपालस्थित विदेशी कूटनीतिज्ञ, संवैधानिक अङ्गका पदाधिकारी पार्टीका कार्यकर्ता र सर्वसाधारण सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.