माथिल्लो तामाकोशीको सेयर बारेको जानकारी

माथिल्लो तामाकोशीको सेयर बारेको जानकारी

साउन १४, दोलखा । दोलखामा निर्माणाधिन ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थानीयहरुलाई वितरण गर्ने भनिएको सेयर संकलन गर्ने मिति नजिकिदै जादा सेयर आवेदन भर्नका लागि २२ वटा संकलन केन्द्रहरु तोकिएका छन् । काठमाडौंमा बसोवास गर्नेहरुले पनि सेयर भर्न मिल्ने जनाई पनि यसबारे थप खुलाईको छैन् । यस्तै, बैंकहरु नभएका स्थानहरुमा सेयर संकलन टोली खटिने बारे पनि अहिलेसम्म स्पष्ट पारिएको छैन् । विदेशमा बस्नेहरुले भने अनलाइनबाट सेयर आवेदन फाराम भर्ने व्यवस्था मिलाइने बताइएको छ ।

यही साउन १६ देखि भदौ १४ गते सम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर आवेदन फारम भर्न सकिनेछ । यसका लागि १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन हुदैँछ । दोलखावासीले प्रतिकित्ता न्यूनतम ३० ( ३ हजार रुपैयाँ बराबर) देखि अधिकतम ३०० कित्ता ( ३० हजार रुपैयाँ बराबर) सेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।

सेयर भर्न आवश्यक पर्ने कागजातहरु :
१.दोलखा जिल्लाबाट जारी नागरिकता
२. एक प्रति फोटो
३. विवाह दर्ता
४. जन्म दर्ता
५ं. बसाईसराई भई आएको भए आयोजना सुरु हुनु अगावैको प्रमाण
६.बिवाह गरि अन्यन्त्रै गएपनि दोलखाकै नागरिकता भएको हुनु पर्ने
७.विदेशमा रहेका दोलखालीको हकमा अनलाइनबाट फाराम भरि आफन्तलाई पठाउन सकिने
८. परिवारको कुनै जनाको बैंक खाता

 तीन प्रकारका सेयर आवेदन फाराम :

सेयर आवेदन फाराम तीन प्रकारका रहेका छन् । दोलखास्थित साविकको लामावगर र गौरीशंकर गाविसवासीले हरियो तथा ओराङ, बुलुङ, खारे, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमावती, नाम्दु, गैरीमुदी, भिरकोट, जफे, मालु, शहरे र भीमेश्वर नगरपालिकाको साविकका वडा नम्वर १, २, ३, ४ र ७ वासीले निलो एवं भीमेश्वर नगरपालिकास्थित साविकका ५, ६, ८, ९, १०, ११, १२ र १३ नम्वर वडा र जिरी नगरपालिका सहित जिल्लाका अन्य स्थानमा स्थायीरुपले बस्नेहरुले कालो रङ्गको फारम भर्नुपर्ने छ ।

माथिल्लो तामाकोशीको आयोजनास्थल गोंगर र तल जनाइए अनुसारका जिल्लाका विभिन्न स्थानहरुमा रहेका बैंकहरुबाट सेयर आवेदन फारम बुझाउने व्यवस्था गरिएको छ ।
१. कृषि विकास बैंक लिमिटेड, चरिकोट
२. सेन्चुरी कर्मसियल बैंक लिमिटेड, चरिकोट, सिंगटी र जिरी
३. सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेड, चरिकोट
४. लक्ष्मी बैंक लिमिटेड, चरिकोट
५. मेगा वैंक नेपाल चरिकोट, मैनापोखरी र बागखोर
६. नविल वैंक चरिकोट
७. नेपाल ईन्भेष्टमेन्ट वैंक, सिंगटी
८. प्रभु वैंक, चरिकोट
९. प्राइम कमर्सियल बैंक लिमिटेड, जिरी, मैनापोखरी
१०. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, चरिकोट
११. सिद्धार्थ बैंक लिमिटेड, चरिकोट
१२. एनएमबी बैंक लिमिटेड, किर्नेटार
१३. महालक्ष्मी विकास बैंक, चरिकोट
१४. नेपाल बैंक, चरिकोट
१५. हिमालय वैंक, गौरीशंकर
१६. सानिमा वैंक, मेलुङ

प्रतिक्रिया दिनुहोस्

cheap essay help