बैठक स्थगित: प्रधानन्यायाधीशबारे निर्णय भएन

बैठक स्थगित: प्रधानन्यायाधीशबारे निर्णय भएन

श्रावण १४, प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नै नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ ।

प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन गर्ने वा नगर्नेबारे कुनै निर्णय भएन । समूहगत छलफलपछि समितिको बैठक पर्सी १६ गतेसम्मका लागि स्थगित गर्ने सहमति भएको हो ।

नेपाली कांग्रेसका सांसदहरुले पार्टीमा छलफल गर्नुपर्छ भनेर समय मागेपछि बैठक स्थगन भएको नेकपाका सांसदहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्