नेकपाले इन्जिनियरबाट थाल्यो जबसको एकता

नेकपाले इन्जिनियरबाट थाल्यो जबसको एकता

साउन १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको जनवर्गिय संगठनको पहिलो एकता प्रकृया इन्जिनियरहरुको संगठनबाट सुरु भएको छ । पूर्व एमाले र माओवादी केन्द्र निकट इन्जिनियरहरुको संगठन एक भएर प्रोग्रेसिभ इन्जिनियर एशोसियशन नेपाल ( पिन ) गठन भएको घोषणा आज प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुको उपस्थित कार्यक्रममा गरिएको हो । कुपण्डोलमा भएको घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्ष नेपाली कांग्रेसलाई मुलुकको समृद्धि र विकास रोक्ने चेष्टा नर्गन चेतावनी दिनु भयो । यस्तै, अर्का अध्यक्ष प्रचण्डले इन्जिनियरहरुको एकता पहिला हुनुमा उनीहरुको भूमिका पनि समृद्ध नेपालको लागि पहिलो भएको सन्देशको रुपमा बुझ्नु पर्ने बताउनु भयो ।


७५ सदस्यीय पिन केन्द्रीय समितिको अध्यक्षमा ई. शम्भु बहादुर श्रेष्ठ र महासचिवमा डा. हरि पराजुली हुनु हुन्छ । नेपाल इन्जिनियर्स एशोसियशनको आगामी भदौंमा हुने ३२ औं कार्यकारी समितिको निर्वाचन तयारीका लागि एकता प्रकृया छिटो गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help