दशैंको रमझममा मुलुक झुमिरहँदा बलात्कारी र हत्यारा पनि झुमिरहेका छन्

दशैंको रमझममा मुलुक झुमिरहँदा बलात्कारी र हत्यारा पनि झुमिरहेका छन्

असोज २९, केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति सुरक्षा दिन नसकेको यथार्थ सबैसामु छ । तैपनि सरकार शान्ति सुरक्षा दिइरहेको दावी गर्छ ।

बलात्कार, हत्याहिंसा बढ्दो छ तैपनि सरकार बलात्कार नभएको र हत्या हिंसा कम भएको दावी गर्छ ।

गते साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । उनको शव साउन ११ गते भेटियो ।

त्यसयता उनको परिवार शोकमा छ । निर्मलाका बलात्कारी र हत्यारालाई कार्वाही गर्न माग गर्दै देश विदेशमा क्याम्पेन चल्यो ।

निर्मला हत्यापछि देशमा थुप्रै बलात्कृत भए । झण्डै तीन दर्जन बालिका बलात्कृत भए । केहीको हत्या भयो ।

यस्तो घटना तराई भेगमा अझ बढी छ । मधेश यो पीडामा झन् बढी छ । तर सरकारले केही गर्न सकेको छैन ।

दशैंको रमझममा मुलुक झुमिरहँदा बलात्कारी र हत्यारा पनि झुमिरहेका छन् । प्रहरी प्रशासन मुकदर्शक भएर बसेजस्तो भएको छ ।

भ्रष्टाचार गर्दिन भनेर दिनानुदिन सपथ खाने नियम बनाएको दुई हप्तामा दुई दर्जनबढी सुरक्षासहितका कर्मचारी पक्राउ परिसकेका छन् ।

जनताले तिरेको करबाट तलव खानेहरु फेरि जनतासंगै घुस खाइरहेका छन् । जनताले नै भोगेको पीडामा उनीहरु साथ दिन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.