माथिल्लो तामाकोशीको शेयर साउन १६ देखि

माथिल्लो तामाकोशीको शेयर साउन १६ देखि

४५६ मेगावाट क्षमता माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखावासीका लागि यही साउन १६ देखि भदौ १४ सम्म १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ |
बढीभन्दा बढी नागरिकको शेयर आवेदन गर्न सकुन भन्ने उद्धेश्यले काठमाण्डौ बस्दै आएका दोलखावासीका लागि निश्चित बैँकहरुमा शेयर भर्ने व्यवस्थासमेत गर्ने तथा दोलखाका ७४ वडामध्ये बैँकिङ सेवा पुगिसकेका वडाहरुमा सोही बैँकमार्फत र बैँक नभएका वडाहरुमा स्थानीय प्रशासन र स्थानीय सरकारसँग समन्वय गरी टोली खटाउने सहमति गत हप्ता भएको थियो । आयोजनाले जनाए अनुसार विदेशमा रहेका दोलखालीले पनि अनलाईन मार्फत फाराम भर्न पाउनेछन् । यसरी भरेको फारम परिवारका सदस्यले फाराम सँकलन केन्द्रमा बुझाई रकम जम्मा गरेपछि सेयर लगानी सुनिश्चित गर्नसकिनेछछ । सहजताको लागि शेयर निस्कासन सुरु हुनु अगावै फाराम वेभसाईडमा उपलब्ध हुने छ ।
सेयर आवेदन भर्न परिवारको कुनै एक सदस्यको बैंक खाता मार्फत परिवारका सवै सदस्यहरुले शेयर आवेदन गर्न सक्ने छन् ।
आयोजनाको अनुसार स्थानीयवासीलाई १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ९० लाख कित्ता शेयर बिक्री गरिनेछ । यस्तै सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख बराबरको १ करोड ५८ लाख ८५ कित्ता साधारण शेयर बिक्री गरिनेछ । आयोजना प्रभावितले प्रतिकित्ता न्यूनतम ३० देखि अधिकतम ३०० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै सर्वसाधारणले ५० देखि बढीमा एक हजार कित्तासम्म शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।आगामी पुस सान्तसम्म  सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको हाल ९६ प्रतिशत काम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्