सुर्खेतमा पानीपुरी  खाएका ४३ जना बिरामी

सुर्खेतमा पानीपुरी  खाएका ४३ जना बिरामी

असोज २९ ,सुर्खेत । ( सुर्खेतको भेरीगंगा नगरपालिकाको वडा नम्बर ११ साँधीखोला भन्ने स्थानमा शनिवार पानीपुरी  खाएका ४३ जना बिरामी परेका थिए ।बिरामी परेकामध्ये १० जनाको उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

शनिवार मध्यान्ह पानीपुरी खाएका उनीहरु आइतबार बिहानबाट मात्रै बिरामी पर्न थालेका थिए ।बिरामी परेकाहरुलाई ज्वरो आउने, टाउको तथा ढाड दुख्ने, बान्ता हुने र पखाला लागेको थियो । आइतबार बिहानबाट गाउँका मानिसहरु बिरामी पर्न थालेपछि उपचारका लागि तत्कालै जिल्ला सदरमुकाम पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुका इञ्चार्ज मधुसुदन न्यौपानेले बताए ।

घटनास्थल जिल्ला सदरमुकामदेखि २५ किलोमिटर टाढा भएकाले उनीहरुलाई प्रहरीले समन्वय गरेर तत्काल उपचारका लागि पठाइएको थियो । पानीपुरी खाएर बिरामी परेका ४३ जनामध्ये ३३ जना उपचारपश्चात् घर फर्किएका छन् भने बाँकी १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सुर्खेत प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार बिरामी परेका सबैले पानीपुरी खाएका थिए । त्यसलगत्तै पानीपुरी बेच्ने स्थानीय जयराम खड्कालाई नियन्त्रणमा लिइएको छ । खड्कासँगै निजले प्रयोग गरेको गोलगप्पा, पानी र इमली पाउडर तथा मसलासमेत बरामद गरिएको छ ।

बरामद सामानहरुको ल्याब परीक्षणका लागि प्रयोगशाला पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.