प्रकाश स्मृति कप मंसिर १ देखि ७ सम्म चरिकोटमा हुने

प्रकाश स्मृति कप मंसिर १ देखि ७ सम्म चरिकोटमा हुने

असोज २९, दोलखा । गत वर्ष हृदयघातका कारण निधन भएका नेकपाका अध्यक्ष प्रचण्डका छोरा स्वर्गिय साकार दाहाल (प्रकाश) को प्रथम स्मृतिको अवसर पारेर दोलखाको चरिकोटमा आउदो मंसिर १ गतेबाट ‘प्रथम प्रकाश स्मृति कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । मंसिर ७ गते सम्म चल्ने उक्त प्रतियोगिता पुर्नसँगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम) को आयोजना र दोलखा जिल्ला फुटवल सँघको सह–आयोजनामा हुन लागेको हो । हिजो चरिकोटमा आयोजित पत्रकार सम्मलेनमार्फत सो प्रतियोगिताको बारेमा जानकारी गराईएको हो । आयोजकका अनुसार उक्त प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको संयोजन गरिरहेका मिन कुमार शिवाकोटीका अनुसार प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई खाने र बस्ने व्यवस्था पनि गरिएको छ । प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन स्व.प्रकाशकी धर्मपत्नी विना मगरद्धारा हुने हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय ,तृतिय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५० हजार, १ लाख २५ हजार र ३०/३० नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टलाई पनि जनहि नगद १० हजार तथा शिल्ड, मेडल र प्रमाण पत्र दिईने छ । प्रतियोगिताको सह–आयोजक दोलखा जिल्ला फुटवल सँघका अध्यक्ष गोविन्द श्रेष्ठले प्रतियोगिताको व्यवस्थापकिय जिम्मेवारी संघले लिएको भन्दै टुँडिखेल मैदानको मर्मतको काम समेत गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.