चुनावि पराजय पछि पाकिस्तानका केहि दल असन्तुष्ट

चुनावि पराजय पछि पाकिस्तानका केहि दल असन्तुष्ट

काठमाडौं । चुनावमा हार व्यहोरेका पाकिस्तानका केहि दलहरुले परिणामप्रति असुन्तुष्टि प्रकट गरेका छन् ।
असन्तुष्टि जनाउने दलहरुको सूचीमा यसअघिको सत्तारुढ दल पीएमएल–एन पनि छ ।
पाकिस्तानको बुधबार सम्पन्न निर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ११५ स्थानमा जित हासिल गर्दै ठूलो दल बनेको छ । पीएमएल–एन दोस्रो र सिबिलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी तेस्रो भएको छ । उनीहरुले क्रमशः ६४ र ४३ सिट हात पारेका छन् । बहुमतको सरकार गठनका लागि १ सय ३७ सीट आवश्यक पर्छ । इमरानको पार्टीलाई २२ सिट अपुग भएकाले उनले अब गठबन्धन सरकार गठनका लागि अन्य दलहरुसँग हात अघि बढाउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्