केसीको समर्थनमा रिले अनशन र सामुहिक सत्याग्रह

अनशनरत डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल परिसरमा आजबाट रिले अनशन सुरु गरेका छन्।

केसीले अनशन थालेको पच्चीस दिन भइसक्दा पनि सरकार वार्ता र समाधानका लागि गम्भीर नभएको भन्दै चिकित्सकहरु समेत रिले अनशनमा उत्रिएका हुन्।

रिले अनशन सुरु गर्नु अघि सम्बोधन गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकार निर्दयी र अमानवीय ढंगले प्रस्तुत भएपनि अहिलेसम्म संघले सभ्यरुपमा विरोध गरिरहेको बताए।

यसै गरी डा. केसी सोलिडारिटी अभियानको तेस्रो दिन वसन्तपुर डबलीमा डा. केसीको समर्थनमा सत्याग्रह जारी छ।

नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार देशभरका आवासीय चिकित्सकहरुले काम छाडेका छन् भने देश भर बिना टिकट बिरामी जाँच भइरहेको छ।

Kamagra Jelly without prescription, clomid without prescription.

प्रतिक्रिया दिनुहोस्