नेपालमा भित्रियो १ वर्षमा ६१ अर्ब ९ करोड ३६ लाखको लगानी

श्रावण ६,  सरकारले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरिरहेका छन् ।

मुलुकमा राजनीतिक स्थिरता आएका कारण लगानी गर्ने वातावरण पनि राम्रै बनेको छ । जसका कारण विदेशी लगानीकर्ताहरु हौसिएका छन् ।

आर्थिक वर्ष ०७४/७५ मा मात्रै ६१ अर्ब रुपैयाँ लगानीका लागि प्रतिवद्धता आएको महाशाखा प्रमुख बस्नेतले जानकारी दिए ।

उनका अनुसार करिब ४ सय परियोजनामार्फत एक वर्षमा ६१ अर्ब ९ करोड ३६ लाख रुपैयाँ लगानी भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा १ सय ९३ प्रतिशले वृद्धि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्