डा. केसीको समर्थनमा आजबाट सामुहिक सत्याग्रह

श्रावण ५, २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन नागरिक समाजका अगुवाहरु आजबाट सामूहिक सत्याग्रहमा बस्ने भएका छन् । 

आम नागरिकको सहभागितामा वसन्तपुर डबलीमा सत्याग्रह हुन लागेको हो । सत्याग्रह बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै २२ दिनदेखि अनशनरत डा. केसीको जीवनरक्षाका लागि प्रबुद्ध समूहले शनिबार राजधानीमा प्रदर्शन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्