‘७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट’

काठमाडाैं । पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले सो घोषणा गरेका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्