१ घर १ धाराको अभियानमा, लमजुङ जिल्लाको क्होलासोथार गाउँपालिकाल

१ घर १ धाराको अभियानमा, लमजुङ जिल्लाको क्होलासोथार गाउँपालिकाल

कबिता पोखरेल ।

लमजुङ जिल्लाको क्होलासोथार गाउँपालिकाले भौतिक पुर्बाधारमा उल्लेखनीय प्रगति गरेको छ ।

गाउँपलिका अध्यक्ष प्रेम बहादुर घलेका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ, सडक लागायतका भौतिक पुर्बाधारमा उल्लेखनिय प्रगति गरेको हो । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकाबासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलन्यास गरिएको अध्यक्ष घलेले बताउनुभयो । कृषि तथा पशुपालनकोलागि पनि गाउँपालिकाले बिशेष पहल गरिरहेको छ । शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण गरेको छ । गाउँपालिकास्तरमै प्राविधिक शिक्षाको पहँच पुर्याउन १८ महिने कृषि प्राविधिक शिक्षाको सुरुवात गरिएको छ ।

गाउँपालिका सम्पुर्ण वडाहरुमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान सन्चालन गरि काम गरिरहेको अध्यक्ष घलेले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँपालिकाको केन्द्र सम्म सबै वडा लाई जोड्ने सडकको निर्माण कार्य पनि तिब्र गतिमा गरिरहेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामि दिनमा कोराना माहामारीको असरलाई कम गर्दै गाउँपालिकाको समग्र विकास निर्माणमा केन्द्रित हुने गाउँपालिका अध्यक्ष घलेको योजना छ ।

प्रतिक्रिया दिनुहोस्