हेटौंडा उपमहानगरपालिकाद्वारा अनलाइनमार्फत घटना दर्ता शुरु

हेटौंडा उपमहानगरपालिकाद्वारा अनलाइनमार्फत घटना दर्ता शुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले अनलाइनमार्फत घटना दर्ताको कार्य शुुरु गरेको छ । हेटौंडा उपमहानगरपालिका–६ को कार्यालयबाट घटना दर्ता अनलाइनमार्फत शुरु गरिएको हो ।

अनलाइन घटना दर्ता प्रणाली शुरुआतसँगै अब व्यक्तिगत विवरण अनलाइनमार्फत हेर्न सकिने र घटना दर्तामा कागजविहीन प्रविधिको उपयोग गरिएको वडाका प्रशासकीय अधिकृत आमोद मैनालीले जानकारी दिनुभयो ।मृत्यु दर्ता, विवाह दर्ता, जन्म दर्ता, सम्बन्ध बिच्छेदलगायत घटनाको दर्ता अनलाइनमार्फत शुरु गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्