हिलिहाङ गाउँपालिकाले प्रत्येक वडामा कृषि र पशुपालनमा जोड दिने

हिलिहाङ गाउँपालिकाले प्रत्येक वडामा कृषि र पशुपालनमा जोड दिने

पाँचथरको हिलिहाङ गाउँपालिकाले कृषि र पशुपालनमा जोड दिएको छ ।

गाउँपालिका अध्यक्ष भुवानी प्रसाद लिङ्देनले सबै वडाहरुमा कृषि र पुशपालनलाई बिशेष जोड दिएर काम गरीरहेको बताउनुभयो ।

गाउँपालिकाले स्थानिय नागरिकलाई गाँउमानै स्वरोजगार बनाउने उद्येश्यले उद्योग ब्यवसायलाई अगाडि बढाउने योजना बनाएको गाउँपालिका अध्यक्ष लिङ्देनले बताउनुभयो । उहाँका अनुसार गाँउपालिकाले विभिन्न युवालक्षित कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । युवाहरुलाई सिपमुलक तालिम, सिलाई कटाईको तालिम लगायतका विभिन्न प्रकारका तालिमहरु संचालन गरिएको छ ।पशुपालन, कृषि फार्म संचालन गर्न चाहानेहरुलाई अनुदान दिने व्यवस्था पनि गरिएको छ ।

गाउँपालिकाको प्रत्येक वडाहरुमा 20 mm को सडक पुर्याइएको अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उक्त सडकमा १२ महिनानै गाडि गुड्न सक्नेछ । प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण, गुणस्तरिय शिक्षमा जोड, हिलिहाङ महोत्सव लगायतको आगामी योजना बनाएर आफु अघि बढेको अध्यक्ष लिङ्देनले बताउनुभयो ।

गाउँपालिकाले पर्यटन पर्वदन गर्ने उद्धेश्यले पर्यटकिय स्थलहरुको खोज गरि प्रचार प्रसार गर्ने योजना पनि बनाएको छ ।

सडक, पुल लगायतको भौतीक पुर्वाधाहरुको निर्माण पनि भईरहेकोले हिलिहाङ गाउँपालिकालाई छिट्टैनै सम्बृद्ध गाउँपालिका बनाईने अध्यक्ष लिङ्देनले बताउनुभयो । कोराना महामारीले हिलिहाङ गाउँपालिकालाई असर गरेपनि हरेक परिस्थितीको सामना गरेर अघि बढ्ने योजना रहेको अध्यक्ष काफ्लेले बताउनुभयो । गाउँपालिकामा अहिले पनि प्रयाप्त मात्रामा क्वारेन्टाईन र आईसोलेसहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्