हिमालयन बैंकको ३० लाख इकाई ऋणपत्र आउँदै, रेटिङ कति ?

हिमालयन बैंकको ३० लाख इकाई ऋणपत्र आउँदै, रेटिङ कति ?
काठमाडौं : हिमालयन बैंकले जारी गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ नेपालले ‘ग्रेड ए’ रेटिङ दिएको छ । यो रेटिङले हिमालयनको ऋणपत्रमा न्यून कर्जा जोखिम रहेको जनाउँछ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१०५ हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्