हामीले महामारीलाई नियन्त्रण गर्न सम्पूर्ण स्रोत साधन परिचालन गरेका छौंः अध्यक्ष रिमाल

हामीले महामारीलाई नियन्त्रण गर्न सम्पूर्ण स्रोत साधन परिचालन गरेका छौंः अध्यक्ष रिमाल

नाम्दु, दोलखा । वैतेश्वर गाउँपालिकाको वडा नं. ७ ले कोरानाको सामना गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको वडा अध्यक्ष रेशम राजस्वराज रिमालले बताउनुभयो । उहाँले सुरुको अवस्थामा वडामा केही संक्रमित देखिएकाले समस्या भएको थियो तर हाल सबै संक्रमित ठीक भइसकेकाले स्थिति सामान्य बन्दै गएको बताउनुभयो ।


संक्रमण फैलिन नदिन वडाले बाहिरबाट आउने व्यक्तिहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर पि.सि.आर परीक्षण गरी रिर्पोट नेगेटिभ आएमा मात्र घर पठाउने गरेको र यदि पोजिटिभ आएमा उपचारमा पठाउने व्यवस्था गरेको अध्यक्ष रिमालले बताउनुभयो ।

महामारीले गर्दा विभिन्न समस्याहरू उत्पन्न भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विभिन्न विकास निर्माणका काम अघि लाने समयमा यस कोरोना भाइरसले ठूलो समस्या बनायो । कृषकले भनेको समयमा मल पाएनन् धेरै समस्या निम्त्याएको छ ।’

कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले टोल टोलमा गएर यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । साथसाथै कसैलाई यसको लक्षण देखिएमा यसको नियन्त्रणको लागि छुट्टै समिति समेत गठन गरेको उहाँले जानकारी गराउनुभयो ।

वडाले गरेका सम्पूर्ण काम कारबाहीबाट समग्र वडाबासी सन्तुष्ट रहेको उहाँले बताउनुभयो । उहाँले अन्तमा भन्नुभयो, ‘विकास निर्माणका काम समयमा सकिएन भने सुरक्षाका मापदण्ड अपनाई यहि भएका जनशक्ति परिचालन गरी निर्माणको कामलाई अघि लाने योजना छ । ’

वडाध्यक्ष रिमालका अनुसार, कोरोना भाईरसको असर वडामा नदेखिए पनि योजना अनुसारका विकास निर्माणका कामहरु अगाडि बढाउन भने कोरोना महामारी वाधक बनेको छ । वडाले विपन्न, गर्भवती तथा सुत्केरीहरुलाई विशेष राहत वितरण समेत निरन्तर गरिरहेको छ । विगतको तुलनामा वडाको विकास तिब्रगतिमा भईरहे पनि कोरोनाको प्रभावले केहि अवरोध देखिएको र त्यसको सामना गर्दै वडाको विकासलाई तिब्र गतिमा अगाडि बढाउने योजना वडाध्यक्ष रिमार्लको भनाई छ । यदि कोरोना संक्रमण व्यापक देखिएमा पनि वडा आर्थिक र प्राविधिक रुपमा तयार रहेको उहाँको भनाई छ

यसका साथै कृषि तथा पशुपालनतर्फ पनि वडाले कृषकहरुलाई अनुदान उपलब्ध गराएर उब्जनिवृद्धिका लागि कामहरु गरिरहेको छ । यस्तै, सडक, खानेपानी तथा सिंचाईको विकासका लागि पनि वडाले विशेष पहल गरिरहेको वडा अध्यक्ष रिमालले बताउनु भयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्