स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथामिकता दिदैं: झिमरुक गाउँपालिका

स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथामिकता दिदैं: झिमरुक गाउँपालिका

रचना तिमल्सिना

माघ २२, झिमरुक गाउँपालिका । प्युठान जिल्लाको झिमरुक गाउँपालिकाका, अध्यक्ष श्री तिलक जी.सी.को भनाई अनुसार, आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सवै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउने लक्ष्य सहित पालिकाले स्वास्थ्य चौंकी निर्माण कार्य सम्पन्न गरेको छ । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि अहिलेको वर्तमान समयलाई नियालेर हेदाखेरी विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्त्य भएको छ ।

पालिकाकै पहलमा जताहरुलाई अझै सुविधा दिनको एउटा हस्पिटल निर्माणको लागि जग्गा खरिद समेत गरिसकेको पालिकाका, अध्यक्ष जी.सी.ले बताउनु भयो । यसले अहिलेको तुलनामा भन्दा आम जनताहरुलाई थप सेवा सुविधा पुग्ने उहाँले विस्वास व्यक्त गर्नुभयो । किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गर्दै कृषिमा आधुनिकतामा जोड दिदैं कृषि सिचाई निर्माण गरेको छ ।

पर्यटकीय, ऐतिहासिक र धार्मिक क्षेत्रको हिसाबले झिमरुक निकै सम्भावना बोकेको महोत्वपूर्ण स्थान रहेको हुनाले आवश्यक संरचनाहरु निर्माण गर्ने देखि धार्मिक क्षेत्रलाई संरक्षण गर्दै आइरहेको छ । पालिकाको सम्पूर्ण आधाभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गर्नुका साथैं विद्यालयमा आवश्यक भौतिक संरचनाहरु निर्माण समेत गरेको छ ।

एक घर एक धाराको अभियान सञ्चालन गरी पालिकाको सबै टोलटोलमा खानेपानीको सुविधा मिलाएको छ । यस्तै, विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि पालिकाले आम जनताहरुलाई समक्ष सतर्कता गरेको थियो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधायुक्त क्वारेन्टाईन र होम आइसोलेशनमा राख्ने व्यवस्था गर्नुका साथैं कोभिड अस्पताल समेत निर्माण गरेको अध्यक्ष जी.सी.को भनाई छ ।

स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अबधिमा पालिकालाई समृद्धिको उचाईमा पु¥याउन लागि पालिकाका, अध्यक्ष जी.सी.को विकासका योजना र त्यसको कार्यन्वयन वास्तवमै प्रेरणादायिक नै छ । आगामी दिनमा आम जनताहरुको साथ सहयोग मिलेका पालिकालाई चाँडैं विकासको लहरमा पु¥याउन सकिने अध्यक्ष जी.सी.को धाराणा छ ।

प्रतिक्रिया दिनुहोस्