स्वास्थ्य , कृषि साथै लोकसेवा तयारी कक्षामा पनि अगाडी धनुषाधाम नगरपालिका

स्वास्थ्य , कृषि साथै लोकसेवा तयारी कक्षामा पनि अगाडी धनुषाधाम नगरपालिका

काठमाडौँ ।   भनिन्छ , यो नेपालको पवित्र मन्दिर हो जहाँ श्री राम भगवानले सीता मातालाई प्राप्ति गर्नको लागि धनुष उचालेर वाणलाई चलाउदा तीन टुक्रा भइ एउटा आकाश एउटा पताल र अर्को धर्तीमा झरेको थियो । यहि पबित्र ठाउ ,जुन ठाउलाइ धनुषा जिल्ला भनेर चिनिन्छ।
यसै धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ वालेश्वर मण्डल ।

गतसाता असल संञ्चारसँग भेटघाट गर्दै समृद्ध नगर निर्माण गर्नेमा आफ्नो जोड रहेको मेयर मण्डलले बताउनुभएको छ । लोकसेवा तयारी कक्षा, स्वास्थ्य साथै कृषि मेलाको निर्माण गरेको पनि उहाँले बताउनुभयो ।
धनुषाधाम नगरपालिकामा दक्ष जनशक्ति उत्पादनको लागि लोकसेवा परामर्श कक्षा सँचालन गरेको बताउनुभएको छ । धनुषाको धनुषाधाममा नगरस्तरिय लोकसेवा तयारी परामर्श कार्यक्रमको उद्घाटन गरेका मेयर मण्डलले नगरबाट दक्ष जनशक्ति उत्पादन होस तथा सरकारी निकायमा यस नगरपालिकाबाट बढी भन्दा बढी युवा, युवतिहरुको सहभागीता होस भन्ने उदेश्यले निःशुल्क रुपमा लोकसेवा परामर्श कक्षा सँचालन गरिएको बताउनुभएको छ ।

साथै विकासको गतिविधीमा निक्कै अग्रसर हुदै उहाँको नेतृत्वमा धनुषाको मँगलपुरमा कृषी सहकारी बजार को स्थापना भएको छ । जहाँसाताको मंगलबार र शनिबार गरी दुई दिन कृषि मेला लाग्नेछ ।
साथै स्वास्थ्यको क्षेत्रमा भने पपुलर हस्पिटल प्रा लि ले एम्बुलेन्स सेवा सन्चालानमा ल्याएको छ ।सँचालन गरिएको एम्बुलेन्स धनुषाधाम नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणहरुको लागि आवस्वक परेको बेला विना कुनै शुल्क ४ महिनासम्म सेवा दिदै आईरहेको छ। साथै सर्पदम्सबाट बर्षैनि हजारौ मानिसहरूको मृत्यु हुने गरेको छ । यहि कुरालाई ध्यानमा राखी उहाँले सर्पदम्स उपचार केन्द्रको स्थापना गर्नेै लक्ष्य लिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्