स्वास्थ्य, कृषि, शिक्षा र पर्यटन क्षेत्रलाई प्राथामिकता दिदैं: भोटेकोशी गाउँपालिका

स्वास्थ्य, कृषि, शिक्षा र पर्यटन क्षेत्रलाई प्राथामिकता दिदैं: भोटेकोशी गाउँपालिका

कविता पोखरेल
माघ २६, भोटेकोशी गाउँपालिका । स्थानीय सरकार गनठ भएको छोटो समयमा मुलुकको केही स्थानीय तहहरुमा विकास निर्माणको काम तिव्रगतिमा भएको छ । यिनैं, स्थानीय तहहरु मध्ये एउटा उदाहरण, सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका हो । पालिकालाई विकासको लहरमा पु¥याउनको लागि पालिकाका, अध्यक्ष राज कुमार पौडेलको विकासका योजनाको रणनिति र त्यसको कार्यान्वयन पनि वास्तवमै अनुकरणीय नै छ ।

पालिकाले आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिदैं सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । यहाँका सर्वसाधरणहरु विगतमा सानोतिनो उपचारको लागि जिल्ला सदरमुका र राजधानी धाउन बाध्य थिए भने अहिले यस्तो कठिनाई कम भएको पालिकाका, अध्यक्ष राज कुमार पौडेलले बताउनु भयो । कृषिमा आत्म निर्भर बनाउनको लागि पालिका किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं पशुपालनमा विशेष जोड दिदैं आइरहेको अवस्था छ ।

पालिकाको सम्पूर्ण विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन गर्नुका साथैं विद्यालयहरुमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरेको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको हिसाबले भोटेकोशी निकै सम्भावना बाकेको स्थान भएको हुनाले सो क्षेत्रमा आवश्यक संरचनाहरु निर्माण गर्ने काम भएको उहाँले जनाउनु भयो । पालिकाको केन्द्रदेखि वडालाई जोड्ने मुख्य सडक निर्माण कार्य सम्पन्न भएको छ ।

एक घर एक धाराको अभियान सञ्चालन गरी सबै टोलटोलमा खानेपानीको व्यवस्था गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणका लागि पालिकाले आम जनताहरुलाई सचेतना गराएको थियो । बाहिरबाट आएका नागरिकहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्नुका साथैं पिडीतहरुलाई राहत वितरण गरेको अध्यक्ष पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्