कविता पोखरेल
फागुन १, रेसुङ्गा नगरपालिका–१० । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १० विकास निर्माणको तिव्रगतिमा भईरहेको छ । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनले यस वडाको मुहार दिनानुदिन फेरिर्दै गरहेको महशुस गर्न सकिन्छ । यहाँका स्थानीय वासिन्दाहरु सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउन बाध्य थिए । तर, स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पश्चात अहिले आम जनताहरुले स्वास्थ्य सेवाको लाभ वडाबाटै प्रत्यक्ष लिइरहेको वडा अध्यक्ष पदम प्रसाद अर्यालको भनाई छ ।
यस्तै, कृषि क्षेत्र अन्तर्गत किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं पशुपालन र मौरी पालनमा विशेष प्राथामिकता दिनुका साथैं किसानहरुलाई प्रोत्साहन गर्दै अनौठो जातको बोयर बोका समेत वितरण कार्य गरेको छ । वडाको सम्पूर्ण आधारभुत विद्यालयमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन गर्दै वडाको स्रोत साधनले भ्याएसम्म विद्यालयमा कम्प्यूटर शिक्षाको व्यवस्थापन गरी यस वडाले प्राविधिक शिक्षामा पनि जोड दिदैं शैक्षिक क्षेत्रमा आमुल परिवर्तन गरेको अवस्था छ ।
वडा अध्यक्ष अर्यालले भन्नुभयो, रेसुङ्गा नगरपालिका १४ वटा वडामा विभाजित छ, जस मध्ये १० नं. वडा भौगोलिक र जनसंख्याको आधारमा सबैभन्दा ठुलो रहेको छ । विगतको तुलनामा भन्दा वडामा सडक सञ्जालको क्षेत्रमा पनि उल्लेखनीय स्तोरउन्नती भएको छ । एक घर एक धाराको रणनिति अपनाउदैं यस वडाले खानेपानीको लागि लिफटीङको व्यवस्थापन गरेको छ । यो आयोजनाले टोलटोलमा खानेपानीको व्यवस्थापन हुने वडा अध्यक्ष अर्यालले भन्नुभयो । स्थानीय सरकारको पछि वडालाई विकासको लहरमा पु¥यानको लागि वडा अध्यक्ष अर्यालले चाल्नु भएको विकासका योजनाहरु र त्यसको कार्यान्वयन त्यतिकै अनुकरणनीय नै छ ।
स्थानीय सरकारको गठन पछि आम नागरिकहरुले जुन अपेक्षा गरेका थिए, त्यसलाई आफुले सक्दो पुरा गर्ने प्रयास गरेको वडा अध्यक्ष अर्यालले बताउनु भयो । आगामी दिनमा आम जनताहरुको साथ सहयोग पाएको खण्डमा वडालाई छोटो समयमा नै समृद्धिको यात्रामा र विकासको लहरमा पु¥याउन सकिने वडा अध्यक्ष अर्यालको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्