स्याङ्जा जिप दुर्घटना ः मृत्यु हुनेको संख्या तीन पुग्यो

स्याङ्जा जिप दुर्घटना ः मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाण्डौ ः    स्याङ्जाको गल्याङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङख्या तीन पुगेको छ । दुर्घटनास्थलमै वालिङ नगरपालिका–१३, वायखोलाका नौ महिनाका बालक पल्सन परियारको मृत्यु भएको थियो । त्यस्तै वालिङ नपा–११ स्याङ्जाकी ३४ वर्षीया मञ्जु गैरे भण्डारी र रम्भा गाउँपालिका–१, पाल्पाकी ७० वर्षीया सीता नेपालीको लुम्बीनी मेडिकल कलेज तानसेनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी कृश्ण सापकोटाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास र ६ जनाको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ ।

विपरित दिसाबाट आउँदै गरेको गाडिलाई साइड दिने क्रममा गल्याङ नगरपालिका–३, खोल्सामा लु १ ज ३८४१ नम्बरको जिप दुर्घटना भई सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्