स्याङ्जाको दरौँ खोलामा डुबेका मन्त्रीले भने ‘अहिलेको बजेटमा सडकलाई प्राथामिकता’

स्याङ्जाको दरौँ खोलामा डुबेका मन्त्रीले भने ‘अहिलेको बजेटमा सडकलाई प्राथामिकता’

वालिङ : भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले सरकारले ल्याएको बजेटमा सडकलाई प्राथामिकतामा राखेको बताउनुभएको छ । सरकार निर्वाचनमा गरेका बाचालाई पुरा कटिवद्ध रहेको भन्दै मन्त्री महासेठले सरकारले ल्याएको बजेटबाट नागरिकले सरकारको मुल्यांकन गरिसकेको बताउनुभयो ।

अहिलेको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताउदै मन्त्राी महासेठले स्याङ्जाको सेतिदोभान – घण्टे – पर्वत सडक र वालिङ् -बारिकुना-चापाकोट-रामपुर सडक परेको बताउनुभयो । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ३ को सहरे पुलको शिलन्यास गर्दै सोमबार मन्त्री महासेठले बिकास निर्माणमा दलगत स्वार्थ त्याग्नुपर्ने बताउनुभयो । सरकारको आगामी वर्ष विकासे वर्ष हुने भन्दै समृद्धिको बाटो खुलेको बताउनुभयो ।

सरकारले स्याङ्जालाई बिशेष ढंगले हेरेको बताउदै मन्त्री महासेठले सिदार्थ राजमार्गलाई दुई लेन बनाउन लागेको बताउनुभयो । बिकास निर्माण चाहना भएमा हुने बताउदै मन्त्री महासेठले बिकासको प्रत्याभुति सबैको चाहनाले मात्र पुरा हुने बताउनुभयो । कार्यक्रममा मुख्य सचिब लोकदर्शन रेग्मीले पुललाई चाँडो निर्माण गरेर सुचारु गर्न आग्रह गर्नुभयो । सडक संजाल बनेमा आर्थिक बिकासमा टेवा पुग्ने बताउदै मुख्य सचिब रेग्मीले आफु स्याङ्जाको भएकाले यहाँको बिकासमा सधै सहयोग गर्ने बताउनुभयो ।

स्याङ्जाको हरेक टोलमा सडक पुगेको बताउदै रेग्मीले दुई जिल्ला र पालिका सदरमुकाम जोड्ने सडक पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य डा गणेशमान गुरुङ, मन्त्रालयका सचिब देबेन्द्र कार्की, गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्यालय लगायतले मन्तब्य राख्नु भएको थियो । सडक डिभिजन कार्यालय पोखराले निर्माण गर्न लागेको पुल अर्जुन चौपारी ३ हुदै आधिखोला १ लाई जोड्नेछ ।

पुल तिन करोड सात लाख सात हजार ५ सय १० रुपैया ७२ पैसामा निर्माण हुन लागेको हो । डेढ बर्षमा निर्माण सक्ने गरी जिएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरि प्रसाद पोखरेलले जानाकारी दिनुभयो । यसैबिच अर्जुन चौपारी गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्यालले मन्त्री महासेठ र मुख्य सचिब रेग्मीलाई हेलु अर्जुन चौपारी रापाकोट पर्वत र राम्च हुदै पर्वत जोडेने सडकको स्तरोन्तीको लागि ज्ञापन पत्र बुझाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्