स्थानीय तहले तीन दिनभित्र बजेट मन्त्रालयमा पठाउनुपर्ने

स्थानीय तहले तीन दिनभित्र बजेट मन्त्रालयमा पठाउनुपर्ने

देशभरका स्थानीय तहले तीन दिनभित्र नीति तथा कार्यक्रमको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाउनुपर्ने भएको छ।

मन्त्रालयका शाखा अधिकृत जनकराज शर्माले बुधबार पत्राचार गर्दै नीति तथा कार्यक्रमसहितको बजेट विवरण तीन दिनभित्र मन्त्रालयमा जानकारी गराउन सात सय ५३ स्थानीय तहलाई निर्देशन दिएका हुन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा (३) तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा (३) अनुसार गाउँ र नगर कार्यपालिकाले प्रत्येक वर्ष असारको १० गते आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमानित विवरण (बजेट) पेश गर्नुपर्ने व्यवस्था छ।

सो व्यवस्था अनुसार सार्वजनिक बजेट गाउँ तथा नगरपालिकाले cmmofald@gmail.com र info@mofaga.gov मा नीति तथा कार्यक्रमसहितको बजेट पठाउन मन्त्रालयले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्