सुत्केरी जोगाउँदै गाउँपालिका

सुत्केरी जोगाउँदै गाउँपालिका

कालिकोट/देशको अधिकांस गाउँमा सुविधायुक्त स्वास्थ्य संस्था नहुँदा केही वर्षअघिसम्म सत्केरी व्यथा लागेपछि उपचार नपाएर बाटैमा मृत्युवरण गर्नुपर्ने स्थिति थियो। सडक सञ्जालको पहुँच नपुगेको र हवाई यात्रामा सम्भव नभएपछि कतिपय सुत्केरीले बाटैमा त कतिले उपचार कुर्दै घरमै ज्यान गुमाउनुपरेको थियो।
स्थानिय तहको निर्वाचन भएपछी पछिल्लो केही वर्षयता कर्णालीमा मातृशिशु मृत्युदर घट्दै गएको छ। महिला तथा बालबालिका मन्त्रालयलको समन्वयमा ऐयर एम्बुलेन्स सेवा सुरु भएपछि सम्पर्कमा आएका बिरामी समयमै अस्पताल पुग्न पाएका छन्। यसकार्यक्रममा स्थानिय तहले पनी पहल र सहयोग गरीरहेको छ ।  गत आईतबार मात्रै जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका-५ मेहलमुडीकी १७ वर्षीया सोशिता बमको हेलिकोप्टरबाट उद्दार गरिएको छ।

तिनदिनदेखि सुत्केरी व्‍यथाले च्यापेकी बमको नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो। तीन दिनदेखि सुत्केरी व्‍यथा लागेकोले स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि नेपाली सेनाका हेलिकोप्टर सुर्खेत लगिएको सान्नी त्रिवेणी गाउँपालिका निमिक्त प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर शाहीले बताए।

‘सुत्केरी व्‍यथा लागेको तीन दिनसम्म सुत्केरी हुन नसकेपछि थप उपचारका लागि सुर्खेत लगिएको छ।’ उनले भने,‘बच्चाका टाउको पाठेघरमा अडकिएका कारणले यहाँ उनको सुत्केरी हुने सम्भावना निकै कम थियो।’

सुत्केरी हुन नसकी बमलाई सान्नी त्रिवेणी गाउँपालिका पहलम र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरबाट बमलाई सुर्खेत विमानस्थलमा ४:३५ बजे पुर्‍याइएको मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्