सिरहामा सेनालाई कुटपिटगरी हत्या गरेको आरोपमा फरार प्रतिवादी मध्ये एक पक्राउ

सिरहामा सेनालाई कुटपिटगरी हत्या गरेको आरोपमा फरार प्रतिवादी मध्ये एक पक्राउ

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा वैशाख २८ गते राती कुटपिट गरिएको र उपचारको क्रममा मृत्यु भएको आरोपमा फरार रहेका एकजना पक्राउ परेको छ ।

बरियारपट्टी गाउँपालिका वडा नं. ४ सोहपुर बस्ने नरेन्द्र सिंह दनुवारको २५ वर्षीय छोरा नेपाली सेनामा कार्यरत जवान अनिस कुमार सिंह दनुवारलाई २०७६ वैशाख २८ गते राति करिब ११ बजेको समयमा अपराधिक मनोवृति भएका व्यक्तिहरुले बरियारपट्टी गाउँपालिका वडा नं। ४ तेनुवापट्टी मा निर्ममतापूर्वक कुटपिट गरी घाइते बनाएकोमा उपचारको क्रममा जेष्ठ १ गते मृत्यु भएको र सोही घटनामा “अपहरण गरी कर्तव्यज्यान” मुद्दामा आरोपित फरार रहेका बरियारपट्टी गाउँपालिका वडा नं. ४ तेनुवापट्टी बस्ने करिब ३८ वर्षीय मङ्गला भन्ने मङ्गल साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन कुमार श्रेष्ठले पत्रकार सम्मेलनमा बताएकाछन् ।

पक्राउ परेका साहलाई आइतबार राति करिब २ः३० बजेको समयमा लुकीछिपी बसी रहेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत सिरहाबाट म्याद थपगरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । श्रोतका अनुसार पक्राउ परेका साह नेपालबाट नभई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्