सिरहामा प्रहरीकाे सक्रीयता, अपहरण गरी हत्या गर्ने मण्डल यसरी समातिए

सिरहामा प्रहरीकाे सक्रीयता, अपहरण गरी हत्या गर्ने  मण्डल यसरी समातिए

आलोक यादव, सिरहा/ सिरहाबाट एक युवकलाई अपहरण गरी गोली हानेर हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा औराही गाउँपालिका वडा नम्बर- २ का गंगाराम मण्डल छन् । गत २०७५ साल मंसिर ८ गते सिरहाको धनगढीमाई नगरपालिका ६ का सुभाष कुमार यादवलाई अपहरण गरी भारतको मधुवनी भुतही बलान तट्बन्ध नजिक लएर गोली हानी सख्त घाईते बनाएका थिए ।

गोली लागि गम्भिर घाईते भएका सुभाषको उपचारको क्रममा भारतको बिहार स्थितमा रहेको पिएमसीएच मेडिकल कलेजमा २०७५ साल मंसिर ९ गते मृत्यू भएको थियो ।  अभियुक्त मण्डललाई नियन्त्रणमा लिएर यस उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घट्ना पश्चात फरार रहेका २१ बर्षीय खत्वेलाई सिरहा नगरपालिका ७ बाट लुकिछिपी वसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जेठ २८ गते पक्राउ गरेको हो ।

यसैबिच, सिरहाबाट चोरी भएको मोटरसाइकल सशस्त्र प्रहरी बल लहानले बरामद गरी धनीलाई हस्तान्तरण गरेकाे छ । जेठ २५ गते सिरहाको लहान नगरपालिका बडा नं. १ बाट हराएको स ६ प ५५१५ नम्बरको १८० सिसीको अपाचे मोटरसाइकल जेष्ठ २८ गते मंगलबर बरामद गरी सबारी धनी सोही ठाउँ बस्ने उमेश यादवलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरी बल लहानका स.प्र.ना.उ. का प्रेमबहादुर रावलले बताए ।

मोटरसाइकल चोरी भएको भन्दै पिडितले  ईलाका प्रहरी कार्यालय लहानमा निवेदन दिएका थिए । विशेष सूचनाको आधारमा लहान ना.पा. वडा नम्बर -७ स्थित मो. कैजुम मियाको घरमा राखेको क्रममा मोटरसाइकल बरामद गरिएको डिएसपी रावलले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्