सिदिङ्वा गाउँपालिकाको सम्पुर्ण वडामा सडक र बिजुलि पुग्यो, स्थानिय हर्षित

सिदिङ्वा गाउँपालिकाको सम्पुर्ण वडामा सडक र बिजुलि पुग्यो, स्थानिय हर्षित

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सम्पुर्ण वडामा बिजुलि बत्ति पुगेको छ । गाउँपालिकाले ७ वटै वडामाहरुमा सडक विस्तार र बिद्युतको ब्यवस्थापन गरेको अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो । घरघरमै सडक र बिजुलि पुगेपछि सिदिङ्वाका स्थानिय हर्षित भएका छन ।

गाउाँलिकाले बिद्यालय भवन निर्माणको कामलाई संचालन गरिरहेको अध्यक्ष कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार नगर पालिकाले स्थानिय नागरिकलाई गाँउमानै स्वरोजगार बनाउन युवालक्षित कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । युवाहरुलाई सिपमुलक तालिम, सिलाई कटाईको तालिम लगायतका विभिन्न प्रकारका तालिमहरु संचालन गर्दै आएको छ । पशुपालन, कृषि फार्म संचालन गर्न चाहानेहरुलाई अनुदान दिने व्यवस्था पनि गरिएको छ । बिशेष गरेर चौरी, याक र भेडापालन गर्नेहरुलाई गाउँपालिकाले प्राथमिकता दिने गरेको छ ।

गाउँपालिकाले पशु बिमाको कार्यक्रमलाई पनि तिब्रता दिएको छ । पशु पालन सँगसँगै कृषिमा पनि नगरपालिकाले उत्तिकै प्राथमिकता दिएको छ । अलैचि लगायतको जगदेबालि लगाउन स्थानियलाई पैरित गरिएको अध्यक्ष कडरियाले बताउनुभयो । समग्रहमा नगरपालिकाले सडक, भौतिक पुर्वाधार निर्माण, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्रवद्र्धन लगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

कोराना महामारीले गाउँपालिकालाई असर गरेपनि हरेक परिस्थितीको सामना गरेर अघि बढ्ने योजना रहेको अध्यक्ष कडरियोल बताउनुभयो । उहाँका अनुसार कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिहरुको लागि गाँउपालिकाले प्रयाप्त मात्रमा क्वारेन्टाइन र आइसोलेशनहरु बनाएको छ । महामारीको सुरुमा गाउँपालिकाले बाहिर रहेका नागरिकहरुलाई उद्धार गर्ने काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्