सार्वजनीक यातायात केन्द्रिय महासंघ प्रादेशीक अधिबेशन गर्न सक्रीय

सार्वजनीक यातायात केन्द्रिय महासंघ प्रादेशीक अधिबेशन गर्न सक्रीय

काठमाण्डौ । सार्वजनीक यातायात केन्द्रिय महासंघले आफ्नो प्रदेश स्तरीय साखाहरु बिस्तार गर्ने कार्यलाई तिव्र पारेको छ । महासंघले यही मंगलबार कर्णाली प्रदेशको सुर्खेतमा बृहत बैठक सम्पन्न गरेको छ । उक्त बैठकले कमल खड्काको अध्यक्षतामा कर्णाली प्रदेशको भेला तथा अधिबेशन आयोजक समिती गठन गरेको छ । अब सार्वजनीक यातायात महासंघ कर्णाली प्रदेशको अधिबेशन ४५ दिन भित्र हुने महासंघको केन्द्रिय अध्यक्ष होम प्रसाद अधिकारीले बताए । कर्णाली प्रदेशबाट थप १० यातायात कम्पनीहरु आवद्ध हुने तयारीमा रहेको उनले बताए ।

यस्तै गत मंगलबार नै प्रदेश न. ५ स्थित बाँकेको कोहलपुरमा महासंघको प्रदेश कार्यालय स्थापना गरीएको छ । प्रदेश कार्यलय स्थापना सगै दर्वजंग साहीको अध्यक्षतामा ५ नम्बर प्रदेश भेला तथा अधिबेशन समीती गठन गरीएको छ । उक्त समीतीले ५ नम्बर प्रदेशका सवै क्षेत्रका यातायात कम्पनीहरुलाई समेटेर ४५ दिन भित्र अधिबेशन आयोजना गर्नेछ ।

यस्तै महासंघले यही श्रावन ११ गते १ नम्बर प्रदेशको प्रादेशीक भोन तथा प्रथम अधिबेशन इटहरीमा आयोजना गर्दैछ । महासंघले सुदुरपश्चीम प्रदेशमा अधिबेशन सम्पन्न गरी सकेको छ ।

महासंघ देशका सातवटै प्रदेशमा आफ्नो प्रदेश कार्यालयहरु स्थापना गर्ने र सम्पुर्ण प्रदेशमा अधिबेशन सम्पन्न गर्ने महाअभियानमा लागेको छ । उक्त कार्यमा महासंघका अध्यक्ष होम प्रसाद अधिकारी, बरिष्ठ उपाध्यक्षहरु कृष्ण बहादुर तिमल्सीना र कीरण रीजाल, उपमहासचिब रामहरी श्रेष्ठ, सचीब भरत नेपाल लगायतका पदाधिकारीहरु सक्रीय रुपले लाग्नु भएको छ । आफुहरुको कार्य सक्रीयताकै कारण महासंघले यातायात क्षेत्रको बिश्व संगठन आइआरयु कोे सदस्यता दिने क्रम चलिरहेको अध्यक्ष अधिकारीले बताए ।

यसअघि बिघटीत यातयात महासंघका सदस्य यातायात कम्पनीहरुलाई सार्वजनीक यातायात केन्द्रिय महासंघमा आवद्ध हुन अध्यक्ष अधिकारीले आग्रह गरेका छन । त्यस्ता यातायात कम्पनीहरु महासंघमा आवद्ध चाहेमा आवद्धता सुल्क समेत लगाग्ने अध्यक्ष अधिकारीले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्