सार्वजनिक यातायातमा प्रवक्ता श्रेष्ठको अनुभव जता प्रहार गर्न खोजेको, त्यता कुनै असर परेन

सार्वजनिक यातायातमा प्रवक्ता श्रेष्ठको अनुभव जता प्रहार गर्न खोजेको, त्यता कुनै असर परेन

असोज २, काठमाडौँ । सिन्डिकेटरहित र सर्वशुलभ यातायात सेवा दिने उद्धेश्यले स्थापना भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालद्धारा आज आयोजित “सार्वजनिक यातायात क्षेत्रका विद्यमान समस्या तथा समाधान” विषयक गोष्ठि तथा प्रादेशिक भेलाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठ “प्रकाश” ले सार्वजनिक यातायातका समस्यासँग आफू जानकार रहेको बताएका छन् ।


पार्टीले उपलब्ध गराएको निजी सवारी छोडेर करिव दुई वर्ष सार्वजनिक यातायातमा आवत जावत गरेका प्रवक्ता श्रेष्ठले आफूले जता प्रहार गर्न खोजेको, त्यता कुनै असर गर्न नसके पनि यसले आफूलाई सार्वजनिक यातायातमा रहेका समस्यालाई नजिकबाट अनुभव गर्ने मौका दिएको बताएका छन् । श्रेष्ठले अव कुनै पनि क्षेत्रमा सिन्डिकेट र एकाधिकारवाद रहन नदिने पनि बताए ।


यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम प्रसाद घिमिरेले सार्वजनिक सवारीलाई व्यवस्थित गर्न कुनै पनि सरकार गम्भिर ढंगले अगाडि नबढेकोमा चिन्ता व्यक्त गरे । उनले आफ्नै पार्टी कांग्रेसकै सरकार हुँदा पनि र दुई तिहाईसहितको कम्युनिष्ट सरकार हुँदा पनि यातायातमा यहि समस्या रहेकोमा आफूलाई आश्र्चाय लागेको टिप्पणी गरे ।
कार्यक्रममा स्वागत मनतव्य राख्दै, महासंघका वरिष्ठ उपाध्यक्ष कृष्ण तिम्लसिनाले राज्यको अव्हा्नलाई स्वीकार गरेर प्रा। लि।मा दर्ता भएका यातायात कम्पनीहरुलाई सरकारले वेवास्ता गर्न नमिल्ने धारणा राखेका थिए । उनले सिन्डिकेट अनत्य गर्ने घोषणालाई पूर्ण रुपमा कार्यान्वयन गर्न पनि सरकारसँग आग्रह गरे । त्यस्तै, कार्यक्रममा समापन मन्तव्य राख्दै महासंघका अध्यक्ष होम प्रसाद अधिकारीले गुणस्तरिय यातायात सेवा दिन महासंघ अन्तर्गतका यातायात कम्पनीहरु तयार रहेको तर सरकारबाट भने जस्तो सहयोग र समन्वय नपाएको गुनासो गरे ।


महासचिव गणेश उप्रेतिले सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए । महासचिव उप्रेतिले दर्शैको टिकट बुकिङ असोज ३ गतेबाट खुल्ला हुने जानकारी सोहि कार्यक्रममा गराएका थिए ।
सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष दिपक के।सी।ले मन्तव्य राखेका थिए । कार्यक्रममा वरिष्ठ अधिवक्ता मनिस कुमार श्रेष्ठ, ससस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतम र नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक केदार रिजालसहित यातायात व्यवसायीहरु र सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । नभएकोको गर्न सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन उपस्थित हुने भनिए पनि उपराष्ट्रपति सो कार्यक्रममा आउन नसक्ने उहाँको सचिवालयले जनाएको महासंघले एक विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।
महासंघका अध्यक्ष होम प्रसाद अधिकारी तथा महासचिव गणेश उप्रेतिको हस्ताक्षर रहेको विज्ञप्तिमा उपराष्ट्रपति पुन सो कार्यक्रममा आउन नसक्ने सन्देश पाएकोले सो विज्ञप्ति निकालिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्