सहकारीहरुलाई समयमै कर बुझाउन भक्तपुरका मेयर प्रजापतिको आग्रह

सहकारीहरुलाई समयमै कर बुझाउन भक्तपुरका मेयर प्रजापतिको आग्रह

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बचत तथा ऋण सहकारीसंस्थाले समयमै कर बुझाउनुपर्ने र करको सुदपयोग भए नभएको बरोमा चासो लिनुपर्ने बताउनुभएके छ । शनिवार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको ‘सहकारीमा सन्दर्भ ब्याजदर, कोपोमिस र करसम्बन्धी’ अन्तरकृया कार्यक्रममा मेयर प्रजापतिले सहकारीहरुले समयमै लेखापरिक्षण गर्नुपर्ने र सरकारलाई कर तिरेर आर्थिक विकासमा सहयोग पु-याउनुपर्ने बताउनुभएको हो ।

मेयर प्रजापतिले सहकारी संस्थाहरुले पर्यटन क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताउँदै पर्यटनसँग सम्बन्धित उपहार निर्माण, पसल लगायतका क्षेत्रमा लगानी बढाउन सहकारी संस्थाहरुलाई सुझाव दिनुभयो ।

मेयर प्रजापतिले भक्तपुरको नगरकोट जाने सडक निर्माणमा ठेकेदारले काम नगर्दा समेत सरकारले कारबाही नगरेको भन्दै आपत्ति जनाउनुभयो । मेयर प्रजापतिले सरकारले ठेकेदारलाई चलाउनुपर्नेमा ठेकेदारहरुले चलाइरखेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्