सर्केगाड गाउँपालिकाको ८ वडै वडामा सडक पुग्यो: विगतमा भन्दा चौतर्फी विकास

सर्केगाड गाउँपालिकाको ८ वडै वडामा सडक पुग्यो: विगतमा भन्दा चौतर्फी विकास

माघ २५, सर्केगाड गाउँपालिका । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाको सबै वडामा सडक निर्माण कार्य सम्पन्न गरेको छ । स्थानीय सरकारले सकड सञ्जालको कामलाई प्राथामिकता दिए पछि अहिले सबै वडामा सडकको राम्रो व्यवस्थापन भएको । विगतको जस्तो यात्रामा कठिनाई नभएको पालिकाका, अध्यक्ष कृष्ण रोकायाको भनाई छ । निर्माण भएका सडकलाई स्तरउन्नती गर्नुका साथैं सडक पीच गर्ने काम समेत भएको छ ।

आम जनताहरुको स्वासथ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य इकाईको व्यवस्था गरेको छ । स्थानीय सरकार स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता कम भएको अध्यक्ष रोकायाले भन्नुभयो । एक घर एक धाराको कार्यक्रम सञ्चालन गरी प्रत्येक टोलटोलमा खानेपानीको व्यवस्था गरेको छ । यो खानेपानीको आयोजनाले आम नागरिकहरु लाभान्वित हुनेछन् ।

उज्यालो गाउँपालिका बनाउनको लागि पालिका सबै वडामा विद्युतीय सेवा पु¥याउन सफल भएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको हिसाबले यस सर्केगाड निकै सम्भावनायुक्त पालिका रहेकोले यस क्षेत्रलाई थप प्रबद्धन गर्ने उद्येश्यले विभिन्न संरचना निर्माण गर्ने योजनामा छौं उहाँले जनाउनु भयो । पिछडीएका गरिब तथा महिलाहरुलाई पालिकाले सहयोग गर्दै अगाडी बढाएको अवस्था छ ।

कृषि क्षेत्र अन्तगर्त किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं कृषि सिचाई र पशुपालनमा विशेष जोड दिदैं आइरहेको छ । पालिका सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गरेर शैक्षिक क्षेत्रमा आपमुल परिवर्तन गर्दै आएको छ । यस्तैं, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि पालिकाले विभिन्न जनचेतनामुलक कार्यक्रम गरी आम नागरिकहरु समक्ष सतर्कता अपनाएको थियो ।

बाहिरबाट आएका नागरिकहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गर्नुका साथैं कोरोनाबाट प्रभावित भएका वास्तविक पिडीतहरुलाई राहत वितरण समेत गरेको अध्यक्ष रोकायाले बताउनु भयो । आगामी दिनमा जनताहरुको हित र अपेक्षालाई पुरा गर्दै पालिका चौतर्फी निर्माणको काम गर्ने र चाँडैं विकासको मार्गमा पुग्ने पालिकाका, अध्यक्ष रोकायाले विस्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्