समृद्ध नेपाल सुखी नेपालीको सपना साकार गर्दै, गौरिगन्ज गाउँपालिका

समृद्ध नेपाल सुखी नेपालीको सपना साकार गर्दै, गौरिगन्ज गाउँपालिका

कविता पोखरेल ।

झापा जिल्लाको गौरिगन्ज गाउँपालिका समृद्ध नेपाल सुखी नेपालिको सपना साकार तर्फ अगाडि बढी रहेको पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाले कृषि ,पशुपालन र पर्यटन क्षेत्रको विकास गरि स्थानीयवासीलाई स्थानीयस्तरमै रोजगारीको सृजना गरि गाउँपालिकालाई समृद्ध तर्फ अगाडि बाढाइरहेको छ । कृषि तथा पशुपालन ब्यवसायलाइ आधुनिकीकरण तर्फ लान किसानलाई अनुदान दिने ब्यवस्था पनि गाउँपालिकाले गरेको छ। गाउँपालिकाले आफ्नै पहलमा सबै वडामा सडकको ब्यवस्था र भैरहेका सडकको स्तरोन्नतिको काम पनि अगाडि बढाएको छ । त्यस्तै गाउँपालिकाले खानेपानीको सुबिधा सबै गाउँपालिका बासीमा पुर्याउन एक घर एक धाराको रणनिति अगालेको छ, जस अनुसार ९५ प्रतिशत घर धुरिमा खानेपानीको सेवा पुगिसकेको छ ।

यस्तै गाउँपालिकामा बिद्यालय भवन , स्वास्थ चौकि भवन लागायत अन्य बिकास निर्माणका कामहरु पनि भैइरहेका छन । गाउँपालिकाले चाडैनै आफ्नै सुविधा सम्पन्न भवनबाट जनतालाई सुबिधा दिने योजना रहेको उहाले बताउनु भयो । कोरोना भाइरसले केही असर गरेपनि हरेक परिस्थितिको सामाना गरेर अगाडि बढ्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्