समृद्ध नगरपालिका निर्माणको अभियानमा उदयपुरको बेलका नगरपालिका

समृद्ध नगरपालिका निर्माणको अभियानमा उदयपुरको बेलका नगरपालिका

स्थानीय सरकार गठन भएको छोटो समयमा मुलुकका केहि स्थानीय तहहरु विकासको मार्गतर्फ तिब्रगतिमा अगाडि बढिरहेका छन् । यिनै मध्येको एउटा उदाहरण,उदयपुरको बेलका नगरपालिका पनि हो ।

समृद्ध बेलका नगरपालिका बनाउने लक्ष्यसहित अगाडि बढिरहनु भएका नगर प्रमुख दुर्गा कुमार थापाको योजना र त्यसको कार्यान्वयको रणनिति पनि त्यतिकै अनुकरणिय नै छ । आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनताहरुकै भएको नगर प्रमुख थापा बताउनु हुन्छ ।

नगरपालिकाले यहि माघ १३ गते देखी १७ गते सम्म निःशुल्क आखा शिविर संचालन गरेको छ । हालसम्म १०९ जनाको निःशुल्क आखाको अप्रेसन गरिएको बेलका नगरपालिकाले जनाएको छ । निःशुल्क आखा शिविरको उद्घाटन नगर प्रमुख थापा र उप प्रमुख राज कुमारी चौधरीले संयुक्त रुपमा ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो । ५ दिन सम्म संचालन हुन आखा शिविरमा सबै खाले औषधि र चश्मा निःशुल्क वितरण गरिने छ ।

यस्तै नगरले गुणस्तरिय र प्रविधिक शिक्षामा बिशेष जोड दिएर काम गरिरहेको छ । नगरपालिकाको बिकट क्षेत्र वडा नं. ७ मा रहेको जनता माध्यामिक विद्यालय भवनको ४ कोठे भवनको शिलान्यास समेत गरिएको छ । नगरपालिको ३६ लाख र बिद्यालयको ७ लाख गरि ४३ लाखको लागतमा विद्यालय भवनको निर्माण गर्न लागिएको हो ।

बेलका नगरपालिकामा रहेका सम्पुर्ण ५२ वटा सरकारी बिद्यालय विद्यालयका अति बिपन्न विद्यार्थीलाई न्यानो कपडा अन्र्तगत सुईटर र टोपि विरण गरेको थियो । यस्तै, नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरेको छ । यस्तै नगरपालिकाले बिभिन्न सिममुलक तालिम दिई नगरपालिकास्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने योजना समेत बनाएको छ । नगरपालिकाले गुरुयोजना बनाएर बिकास निर्माण कामहरु गरिरहेको छ । पर्यटन, कृषि, सडक, नमुना पार्क निर्माण लगायतको भौतिक संरचनाहरु निर्माणाधिन अवस्थामा रहेका छन । सडक निर्माण र बिभिन्न भौतिक संरचना निर्माणमा पनि नगरपालिकाले उल्लेख्य प्रगति गरेको छ । कृषि, पर्यटन, उद्योग, ब्यापार धार्मिक क्षेत्रलाई समेटेर नगरपालिकाले बिकासका कामहरुलाई अघि बढाएको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर बेलका नगरपालिकालाई पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न नगरपालिका सफल भएको छ । कोरोना माहामारीमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि भद्रपुर नगरपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ ।

आगामी दिनमा नगरवासीहरुको हित र अपेक्षालाई मध्यनजर बेलका नगरपालिका लाई अगाडि बढाउने योजना, नगर प्रमुख थापाको छ ।

प्रतिक्रिया दिनुहोस्