समृद्ध नगरपालिका निर्माणको अभियान छौं: नगर प्रमुख लिंथेप

समृद्ध नगरपालिका निर्माणको अभियान छौं: नगर प्रमुख लिंथेप

कविता तिमल्सिना
माघ १२, मादी नगरपालिका । संखुवासभा जिल्लाको मादी नगरपालिका समृद्धिको यात्रामा अघि बढी रहेको छ ।

नगरमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि पर्यटन लगायत अन्य क्षेत्रमा तिव्र गतिमा विकास निर्माण कार्य भइरहेको नगर प्रमुख विदुर कुमार थिंलेपले बताउनु भयो । पालिका र वडा कार्यलयलाई जोड्ने मुख्य सडकखण्ड पीच गर्ने काम भइरहेको छ । नगर भवन सहित वडा कार्यलयको भवन निर्माण कार्य सम्पन्न भएको नगर प्रमुख थिंलेपले भन्नुभयो ।

कृषि क्षेत्रमा किसानहरुको लागि ५४ वटा गाई वितरण गरेको उहाँको भनाई छ । स्थानीय सरकारको व्यवस्थापन पछि विगतको तुलनामा भन्दा यस पालिकामा चौतर्फी विकास निर्माण कार्य भएको देखिन्छ । स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दैं नगरलाई समृद्धि र नमुना बनाउन आफु निरन्तर लागि परेको नगर प्रमुख थिंलेपले भन्नुभयो । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आम नागरिकहरु समक्ष सतर्कता गरेको उहाँले बताउनु भएको छ ।

कोरोनाबाट प्रभावित भएका जिल्ला बाहिर बस्दैं आएका नागरिकहरुलाई उद्धार गर्नुका साथै राहत समेत वितरण गरेको नगर प्रमुख थिंलेप बताउनु हुन्छ । बाहिरबाट आएका नागरिकहरुको लागि नगरस्तरीय क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको थियौं नगर प्रमुख थिंलेपले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्