समृद्ध डाक्नेश्वरी नगरपालिका बनाउने लक्ष्यमा छौं: मेयर साह

समृद्ध डाक्नेश्वरी नगरपालिका बनाउने लक्ष्यमा छौं: मेयर साह

स्थानीय सरकार गठन भएको छोटो समयमा मुलुकका केहि स्थानीय तहहरु विकासको मार्गतर्फ तिब्रगतिमा अगाडि बढिरहेका छन् । यिनै मध्येको एउटा उदाहरण, सप्तरीको डाक्नेश्वरी नगरपालिका पनि हो ।

समृद्ध डाक्नेश्वरी नगरपालिका बनाउने लक्ष्यसहित अगाडि बढिरहनु भएका नगर प्रमुख जिवन कुमार श्रेष्ठको योजना र त्यसको कार्यान्वयको रणनिति पनि त्यतिकै अनुकरणिय नै छ । आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनताहरुकै भएको नगर प्रमुख शिव नारायण साह बताउनु हुन्छ । नगरपालिकाले सम्पुर्ण वडामाहरुमा सडकको सहज पहँच पुर्याएको छ । यस्तै स्वास्थ्यको क्षेत्रमा १० वटै वडामा स्वास्थ्यचौकी निर्माण गरि सेवा प्रवाह भइरहेको छ । शिक्षाको क्षेत्रमा पनि नगरले उल्लेख्य प्रगति गरेको छ । प्रवधिक शिक्षा जोड दिएको नगरपालिकाले भवन निर्माण र गुणस्तरिय शिक्षा दिने प्रयास गरिरहेको छ ।

कृषकहरुको लागी सिंचाई र बिभिन्न कृषि तालिमहरु संचालन गरिएको छ । तरकारि खेति गर्न चाहनेहरुलाई अनुदान दिने ब्यवस्ता पनि गरिएको छ । खानेपानिको क्षेत्रमा नगरले प्रत्यक घरधुरीलाई हातेपम्प विरतण, २ वटा डिप बोरिङ पनि जडान गरिएको छ । कृषिबाटै नगरको समृद्धि सम्भव भएकोले नगरले कृषिलाईनै जोड दिएर काम गरिहेको छ । नगरपालिकाले गुरुयोजना बनाएर बिकास निर्माण कामहरु गरिरहेको छ । पर्यटन, कृषि, सडक, नमुना पार्क निर्माण, घाट निर्माण लगायतको भौतिक संरचनाहरु निर्माणाधिन अवस्थामा रहेका छन । सडक निर्माण र बिभिन्न भौतिक संरचना निर्माणमा पनि नगरपालिकाले उल्लेख्य प्रगति गरेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर डाक्नेश्वरी नगरपालिकालाई पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न नगरपालिका सफल भएको छ । कोरोना माहामारीमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि डाक्नेश्वरी नगरपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ ।

आगामि दिनहरुमा कोरोना माहामारीको असरलाई कम गर्दै कृषि सँगसँगै स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने नगर प्रमुख साहको योजना छ ।

प्रतिक्रिया दिनुहोस्