समृद्धिको बाटोमा, रुकुमको सानीभेरी गाउँपालिका

समृद्धिको बाटोमा, रुकुमको सानीभेरी गाउँपालिका

कविता पाेखरेल

रुकुमको सानीभेरी गाउँपालिका समृद्धिको बाटो अघि बढि रहेको छ । गाउँपालिकाले स्वास्थ्य , शिक्षा, खानेपानि र पशुपालनमा बिशेष जोड दिएर काम गरिहरको छ ।

भखैरै मात्रै सानीभेरी गाउँपालिकाले १५ शैय्याको गाउँपालिका अस्पताल निर्माण प्रक्रिया सुरु गरको छ । १५ शय्यासम्मको अस्पताल सञ्चालनको लक्ष्यसहित गत वर्षदेखि गाउँपालिकाको वडा नं. ७ छोटेबगरमा भवनलगायत आवश्यक संरचनासहितको अस्पताल निर्माण तयारी सुरु भएको हो । गाउँपालिका अहिले अस्पताल सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापनमा जुटेको गाउँपालिका अध्यक्ष नर बहादुर पुनले जानकारी दिनुभयो । अस्पतालका लागि यो वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड बजेट आएको उहााले बताउनुभयो । १५ शय्याको अस्पताल निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत १८ करोड बजेट आउने निश्चित भएको उहाँले बताउनुभयो । तोकिएको क्षेत्रभित्र आवश्यक जग्गा उपलब्ध भए त्यही ठाउँमा निर्माण हुने र उपलब्ध हुन नसके हाल अस्पताल रहेकै छोटेबगरमा निर्माण गरिने उहाँले बताउनुभयो । स्वास्थ्य सेवा थप प्रभावकारी र सुलभ बनाउने उद्देश्यले १५ शय्याको अस्पताल सञ्चालनको तयारी बजेटको समेत प्रबन्ध मिलाइसकिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै शिक्षाको क्षेत्रमा सानीभेरी गाउँपालिकाका ५ विद्यालयमा कक्षा थप गरिएको छ । गाउँ शिक्षा समितिको बैठकले गाउँपालिकामा रहेका ५ विद्यालयको कक्षा बढुवा गरेको हो । बैठकले शिव आधारभूत विद्यालय अर्मा काफलबोट र जनकल्याण आधारभूत विद्यालय बाघखोरलाई कक्षा ९ सम्मको अध्यापन अनुमति दिने निर्णय गरेको छ । यस्तै, बालज्योति माध्यमिक विद्यालय गिठाकोट, शीतल माध्यमिक विद्यालय पक्रैया र भेरीदोभान माध्यमिक विद्यालय चाइनाबगरलाई कक्षा ११ सम्मको अध्यापन अनुमति दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । अध्यापन अनुमति दिइएका विद्यालयमध्ये भेरीदोभान माविमा कृषि र शिक्षा विषय, बालज्योति मावि गिठाकोटमा शिक्षातर्फका विषय र शीतल माध्यमिक विद्यालय पक्रैयामा शिक्षातर्फका विषय पढाइको अनुमति दिइएको छ । नेपाल सरकारले कक्षा १२ सम्मको शिक्षालाई माध्यमिक तहको मान्यता दिएपछि आवेदन दिएका सबै विद्यालयलाई कक्षा थपको अनुमति दिइएको हो । गाउँपालिकाले अन्यक्षेत्रमा पनि उल्लेख्य प्रगति गरेको छ । कृषिमा जोड दिएको गाउँपालिकाले १ वडा १ उत्पादन र र१ पकेट क्षत्रेको कार्यक्रमलाई कार्यान्वयनको चरण लगेको छ । गाउँपालिकावासिमा बिद्युतसेवा पुर्याउन बिद्युत बिस्तारिकरणको काम भईरहेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर सानिभेरी गाउँलिकामा पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपापालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि विहादी गाउँपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामी दिनमा नगरवासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै गाउँपालिकाको सम्पुर्ण विकास निर्माणका कामहरु अगाडि बढाउने गाउँपालिका अध्यक्ष पुनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्