समृद्धिको बाटोमा अघि बढ्दै सुनपाती गाउँपालिका

समृद्धिको बाटोमा अघि बढ्दै सुनपाती गाउँपालिका

कविता पोखरेल
माघ ९, सुनपाती गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन पछि रामेछाप जिल्लाको सुनपाती गाउँपालिकामा आमुल परिवर्तन छाएको अवस्था छ । गाउँपालिकामा भौतिक पूर्वाधारुहरुको कामलाई पहिलो प्राथामिकतामा राख्दै सडक, खोनेपानी, स्वास्थ्य, कृषि, शिक्षा लगायत अन्य क्षेत्रमा विकास निर्माणको कार्य तिव्र गतिमा भइरहेको अध्यक्ष धावा लामाको भनाई छ ।

पालिका देखि वडा कार्यलयसम्म जोडने मुख्य सडकखण्डलाई कालोपत्रे गर्नुका साथै सडक नपुगेको स्थानहरुमा सडक निर्माण गर्ने काम पहल भइरहेको लामाले भन्नुभयो । कृषि क्षेत्रलाई मध्यनजर स्थानीय स्तरमै नागरिकहरुलाई सिपमुलक तालिम प्रदान गर्दै यस पालिकाले पशुपालन र तरकारी खेतीमा रोजगारीको वातावरण मिलाएको छ । पालिकाले शैक्षिक क्षेत्रमा पनि उल्लेखनीय प्रगती गरेको छ ।

सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षामा विशेष पहल गर्दै आएको छ । स्रोत साधनले भ्याएसम्म सगम्रमा पालिकाले सम्पूर्ण क्षेत्रलाई समेट्दै समृद्धिको उचाईमा निरन्तर अघि बढीरहेको पाईन्छ । यस्तै, कोरोना भाइरसको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटालमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सचेतना गरेको अध्यक्ष लामाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्