समृद्धिको अभियानमा जुट्दैं बर्दिबास नगरपालिका

समृद्धिको अभियानमा जुट्दैं बर्दिबास नगरपालिका

रचना तिमसिल्ना
पौष २९, बर्दिबास नगरपालिका । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका समृद्धिको नारा सहित विकास निर्माण कार्यमा तिव्र गतिमा अघि जुटीरहेको अवस्था छ । स्थानीय सरकारको व्यवस्थापन पछि एक कुशल र कर्मनिष्ठ नयाँ जनप्रतिनिधि आगमनसँगै नगरमा विकास निर्माण कार्य चौतर्फी रुपमा भएको छ ।

सडक, खानेपानी, स्वास्थ्य, कृषि, स्वास्थ्य, शिक्षा लगायत अन्य विविध क्षेत्रमा प्रभावकारी ढंगले विकास काम भइरहेको नगर प्रमुख बिदुर कुमार कार्कीको भनाई छ । नगरदेखि वडा कार्यलयलाई जोड्ने सडक निर्माण कार्य सम्पन्न हुनुका साथै केही सडकमा पीच गर्ने कार्य जारी रहेको उहाँले भन्नुभयो । शैक्षिक क्षेत्रमा नगरको सबै विद्यालयमा गुणस्तरीय शिक्षा जोड दिनुका साथै आवश्यक सुुधार कार्य गर्ने काम समेत भएको कार्कीले जनाउनु भयो ।

स्थानीय युवाहरुलाई विभिन्न सिपमुलक तालिम दिदैं रोजगारीको व्यवस्था गरेको छौं नगर प्रमुख कार्कीले बताउनु भयो । उहाँको अनुसार अन्य क्षेत्रमा विकास निर्माण लागि विभिन्न पहल भइरहेको छ । विगतको तुलनामा यस नगर भित्र चौतर्फी रुपमा विकासको कामले तिव्रता पाएसँगै स्थानीय वासिन्दाहरुमा पनि सकारात्मक भावनाको विकास भएको कार्कीले जनाउनु भयो ।

यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि टोलटोलमा गइ आफना नागरिकहरु समक्ष जनचेतनामुलक कार्यक्रम मार्फत सतर्कता अपनाएको कार्कीले भन्नुभयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरु र विपन्न परिवारहरुलाई राहत वितरण समेत गरेको नगर प्रमुख कार्कीको भनाई छ । बाहिरबाट आएका नागरिकहरुलाई नगरस्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था समेत गरेका थियौं नगर प्रमुख कार्कीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्