सन्तोषको संयोजकत्वमा शान्ति स्काउट दोलखा

सन्तोषको संयोजकत्वमा शान्ति स्काउट दोलखा

दोलखा । नेपाल शान्ति स्काउट दोलखाको संयोजकमा नेत्र बहादुर केसी ‘सन्तोष’ चयन भएका छन् । असार ८ गते सदरमुकाम चरिकोटमा भएको एक भेलाबाट सन्तोषको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको हो ।

सो भेलाको प्रमुख अतिथि एवं पूर्व सभासद हेम बहादुर श्रेष्ठले हरेक नेपाली नागरिक स्काउटमा आवद्ध भएर राष्ट्रको सेवामा समर्पित रहनु पर्ने धारणा राखेका थिए । सो भेलामा विशेष अतिथिको रुपमा स्काउटका राष्ट्रिय सचिव निलम अधिकारी, सहसचिव दयाराम कार्की, संगठन आयुक्त यम पि मैनाली र केन्द्रीय सदस्य एस एस महर्जन, यूवा समाजसेवीहरु नवराज अर्याल, रोशन खड्का, मणिका शर्मा,राजु शर्मा पौरखी नेपाल दोलखा संयोजक अस्विन पोखरेल लगायत अन्य महानुभावहरु पनि उपस्थिति रहेको थियो । नेपाल शान्ति स्काउट दोलखा आगामी दिनमा समाजसेवामा निरन्तर क्रियाशिल रहने संयोजक सन्तोषले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्