सडकबत्ती राख्दै ललितपुर महानगर प्रकाशित मिति : Thursday, June 13, 2019 nayapulonline ललितपुर/ललितपुर महानगरपालिकाले सात करोड रुपैयाँ लागत खर्चमा सडक बती जडान गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणसँग सम्झौता सम्पन्न गरेको महानगरपालिकाले आगामी आवमा सडकबत्ती जडान गर्न लागेको हो । महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार कुपण्डोलदेखि पुल्चोक, लगनखेल, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्को, कुपण्डोलबाट पाटनढोका हुँदै मंलबजार, एकान्तकुनाबाट बुंगमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागेको हो । साउन महिनादेखि महनगरको मुख्य सडकमा सडक बत्ती जडान हुने जनाइएको छ । सडक बत्ती जडानपछि ललितपुर महानगर क्षेत्रभित्र दुर्घटनामा कमी आउने तथा अपराधिक गतिविधि समेत कम हुने महानगरको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्