शैक्षिक र कृषि क्षेत्रलाई प्राथामिकता दिदैं छिपहरमाई गाउँपालिका

शैक्षिक र कृषि क्षेत्रलाई प्राथामिकता दिदैं छिपहरमाई गाउँपालिका

रचना तिमल्सिना
माघ ४, छिपहरमाई गाउँपालिका । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा शैक्षिक र कृषि क्षेत्रलाई विशेष प्राथामिकता दिदैं आएको छ ।

कृषि क्षेत्रमा पनि यस पालिकाले निकै प्रगति गरेको अवस्था छ । पालिकाभित्र रहेका साना किसानहरुको पहिचान गरी धान राप्ने आधुनिक मेसिन वितरण गर्ने योजना रहेको अध्यक्ष कुमारले जनाउनु भयो । पालिकाको सम्पूर्ण बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित नहोस् भन्ने हिसाबले बालमैत्री विद्यालयको स्थापना गर्ने योजना रहेको अध्यक्ष मनोज कुमाारको भनाई छ ।

कृषि सम्बन्धि नागरिकहरुलाई विभिन्न सिचाईमुलक तालिम प्रदान गर्दै आएको छ । उहाँको अनुसार, पालिकाको सम्पूर्ण विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षामा दिदैं आवश्यक सुधार कार्य भईरहेको छ । विगतको तुलनामा भन्दा पालिकाभित्र भौतिक पूर्वाधाहरुको कामले तिव्रता पाएसँगै पालिकामा परिर्तन छाएको छ उहाँले बताउनु भयो । प्रत्येक विजुलीको पोलमा बक्ति जडान गरेको छ भने वर्थिङ सेन्टरको लागि केही योजनाहरु समेत गरिहेको छ । पालिको महिलाहरुको लागि छोरी बिमाको कार्यक्रम समेत प्रदान गर्दै आइरहेको छ ।

समग्रमा स्रोत साधनले भ्याएसम्म यस पालिका समृद्धिको बाटोमा निरन्तर लम्की रहेको स्पष्ट देख्न सकिन्छ । यस्तै, पालिकामा कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न सन्देशमुलक कार्यक्रम मार्फत आफनो नागरिकहरुलाई सचेतना गराएको अध्यक्ष कुमारले बताउनु भयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरुको लागि पालिका स्तरीयसुविधा सम्पन्न क्वारेन्टाइमा राख्ने व्यवस्था गरेको अध्यक्ष कुमारले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्