शुद्धोधन गाउँपालिकामा ३६ लाखको खेलमैदान निर्माण

शुद्धोधन गाउँपालिकामा ३६ लाखको खेलमैदान निर्माण

रचना तिमल्सिना
माघ ४, शुद्धोधन गाउँपालिका । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकामा ३६ लाखको खेलमैदान निर्माण कार्य सम्पन्न गरेको छ । सो खेलमैदानले पालिकाको सम्पूर्ण युवायुवतीहरु प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष निसार अहमद खाँ बताउनु हुन्छ ।

पालिकामा विगतको तुलनामा भन्दा प्रभावकारी ढंगले विकास निर्माण कार्य भएको खाँको भनाई छ । उहाँको अनुसार, सडक, खानेपानी, स्वास्थ्य, कृषि, शिक्षा क्षेत्रमा प्रभावकारी रुपमा काम भकोले पालिकामा केही परिर्वतन आएको छ । यस पालिकाले कृषि र शैक्षिक क्षेत्रमा पनि उल्लेखनीय प्रगति गर्दै आएको अवस्था छ । युवागर्वहरुलाई कृषिको पशुपालन र अन्य अन्य क्षेत्रमा आहा्न गरेको छ ।

पालिकाको शैक्षिक क्षेत्रको विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षा प्रदान गर्नुका साथै पंखाहरु समेत वितरण गरेको अवस्था छ । विगतको तुलनामा जनताहरुले जे दुःख कष्ठ भोगे अबको दिनमा जनताहरुलाई केही सहज गर्ने हिसाबले पालिकाकै पहलमा एम्बुलेन्सको व्यवस्था समेत गरेको उहाँले भन्नुभयो । पालिकामा वर्थिङ सेन्टरको समेत व्यवस्था भएको छ भने खानेपानीको लागि ट्याङकी निर्माण गरेको अध्यक्ष खाँले जनाउनु भयो ।

समग्रमा सम्पूर्ण क्षेत्रलाई समेट्दैं पालिका समृद्धिको बाटोमा निरन्तर अघि बढीरहेको अध्यक्ष खाँले बताउनु भयो । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फ नागरिकहरुलाई सचेतना गराएको अध्यक्ष खाँ बताउनु हुन्छ । कोरोनोबाट प्रभावित भएकार नागरिहरुको लागि पालिकाले दुई चरणमा राहत वितरण कार्य गरेको उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्