शिक्षा र स्वास्थमा प्राथमिकता दिदै, धनुषाको शहिदनगर नगरपालिका

शिक्षा र स्वास्थमा प्राथमिकता दिदै, धनुषाको शहिदनगर नगरपालिका

रचना तिमल्सिना ।

धनुष जिल्लाको शहिदनगर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गरिहेको छ ।

नगरपालिकाका मेयर उदय कुमार बरबरीया यादवका अनुसार नगरले शैक्षिक क्षेत्रको बिकासको लागि आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण तथा प्राबिधिक एबम गुणस्तरिय शिक्षामा जोड दिएको छ । नगरभित्र ३४ वटै बिद्यालयमा दरबन्दि पदपुर्ती, अनुगमन लगायतको काम नगरले गरिहेको छ । २ वटा प्रविधिक शिक्षा अध्यन गराउने बिद्यालय पनि संचालन गरिएको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण नगरपालिकावासिमा पुर्याउन नगरकै पहलमा ५ शैयाको सुबिधा सम्पन्न अस्पताल संचालन रहेको नगरप्रमुख यादवले बताउनुभयो । सम्पुर्ण वडाहरुमा स्वास्थ्यचौकी संचालन रहेका छन । नगरबासीलाई सुखी र समृद्ध बनाउन कृषी र पशुपालनमा जोड दिई स्थानिय स्तरमै युवाहरुलाई रोजगार सृजना गर्ने नगरको लक्ष्य रहेको छ ।

नगरको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको काम तिब्र गतिमा भैरहेको छ भने पुराना सडकहरुको स्तरोन्नतिको काम पनि जारि रहेको छ । केही सडकको कालोपत्रेको काम पनि अगाडी बढीरहेको नगर प्रमुख यादवले बताउनुभयो । नगरबासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ । कोरोना माहामारिमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगर प्रमुख यादवको योजना छ ।

प्रतिक्रिया दिनुहोस्