व्यास नगरपालिका २ विकासको लहरमा अघि बढ्दैं

व्यास नगरपालिका २ विकासको लहरमा अघि बढ्दैं

माघ २४, व्यास नगरपालिका–२ । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. २ विकासको कामले तिव्रता पाएको छ । विगतको समयमा वडाका जनताहरु सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता थियो तर स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि अहिले वडाले स्वास्थ्य सेवाको सुविधा गरेकोले आम जनताहरुलाई सहज भएको वडा अध्यक्ष श्री कासिराम श्रेष्ठले बताउनु भयो ।

वडाको स्रोत साधनले भ्याएसम्म सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायत अन्य क्षेत्रमा विकास निर्माणको काम भइरहेका देखिन्छ । आम जतनताहरुको अपेक्षालाई मध्येनजर गर्दै वडाले विकासका योजनाहरु गरीरहेको छ । विश्वमहामारीको रुपमा फैलिएको कोरोना महामारी रोकथामको लागि वडाले सबै जनताहरुलाई सचेतना गरेको थियो । बाहिरबाट आएकालाई सुविधा सम्पन्न क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्नुका साथैं पी. सी. आर परीक्षण गर्ने व्यवस्था समेत गरको थियौं वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्