विरुवा गाउँपालिका जिल्लाकै समृद्ध र नमुना बन्दै, स्थानीय वासीहरुमा खुखी छायो

विरुवा गाउँपालिका जिल्लाकै समृद्ध र नमुना बन्दै, स्थानीय वासीहरुमा खुखी छायो

कविता पोखरेल/रतन वि.क.
पौष ७, विरुवा गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन भए पश्चात स्याङजा जिल्लाको विरुवा गाउँपालिकाको स्थानीय वासिन्दाहरुमा खुसीयाली छाएको छ । गाउँपालिकामा सडक, पुल, खानेपानी, स्वास्थ्य, कृषि, विजुली लगायत अन्य क्षेत्रमा विकास निर्माण कार्य दु्रत गतिमा भइरहेको अध्यक्ष चुन प्रसाद शर्माको भनाई छ । वर्षौ देखि स्थानीय बासिन्दाहरु विजुली बक्तिबाट बञ्चित भएको अवस्था थियो तर हाल पालिको प्रत्येक घरघरमा बक्ति पुगेको कारण स्थानीय बासिन्दाहरुको मुहारमा खुसी छाएको अध्यक्ष शर्माले बताउनु भयो ।

साथै, पालिकाभित्र रहेको काठको पुललाई हटाई फलामे पुलको विस्थापन गर्ने काम ८० प्रतिशत सम्पन्न भएको र २० प्रतिशत काम सम्पन्न हुन बाँकी रहेको शर्माले भन्नुभयो । स्वास्थ्य चौकीको भवन निर्माण कार्य सम्पन्न भई सकेको र विद्यालय सहित पालिका भवन निर्माणाधिन अवस्था रहेको अध्यक्ष शर्माले जनाउनु भयो । यस्तै कोरोना फैलिन नदिनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु मार्फत जनताहरुलाई सतर्कता गरेको शर्माको भनाई छ । बाहिरबाट आएको नागरिकहरुलाई १४ दिनसम्म क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने र उनीहरुलाई आवश्यक पी.सी.आर परीक्षण पश्चात घर पठाउने व्यवस्था रहेको अध्यक्ष शर्माले भन्नुभयो । समग्रमा भन्नुपर्दा विगतको तुलनामा पालिकाले सम्पूर्ण क्षेत्रलाई समेट्दै समृद्ध तर्फ अघि बढी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्